Logo

खेलकुद

मेस्सीको दुई गोलमा अर्जेन्टिनाले जमैकालाई हरायो



काठमाडौं  लियोनल मेस्सीको दुई गोल प्रेरित अर्जेन्टिनाले जमैकासँगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

गएराति भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हरायो । जसमा मेस्सीले दुई गोल गरे । खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसअघि खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गरेर अर्जेन्टिनाको जितलाई सहज बनाए । 

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  ९ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।