Logo

आजको तस्बिर

खसीबजारमा दशैँको रौनकता (फोटोफिचर)



काठमाडौं । नेपालीहरुको महान चाड सुरु भइसकेको छ । गत असोज १० गते घटस्थापना गरेसँगै दशैँ सुरु भएको हो । नवरात्र सुरु भएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । खसीबजारमा दशैँको रौनकता देखिएको छ ।

चौपाया खरिदबिक्री सेवा संघ काठमाडौं टुकुचामा दशैँका लागि खसीबोका किन्नेको चहलपहल बढ्न थालेको छ । कोही खसी बेच्न हतारमा छन् भने कोही किन्न र छान्नमा । दशैँ लागेसँगै चहलपहल पनि बढ्न थालेको त्यहाँका व्यापारीहरु बताउँछन् ।

संघले आजको बजारभाउ अनुसार तराईको खसी प्रतिकिलो ७३० रुपैयाँदेखि ७५० रुपैयाँसम्म तोकेको छ ।

त्यसैगरी, पहाडिया खसी प्रतिकिलो ६८० देखि ७१० रुपैयाँसम्म तोकिएको छ भने च्यांग्रा प्रतिकिलो १३०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १६:००   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।