काठमाडौं । दशैँकाे अवसरमा भृकुटिमण्डपमा ‘दशैँ जुत्ता मेला’ सञ्चालन भइरहेकाे छ । फुटवेयर म्यानुफ्याक्चार्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ‘दशैँ जुत्ता मेला’ सञ्चालनमा ल्याएको हो ।
उक्त मेलामा आकर्षण छुटको अफर रहेको छ । छुट पाउने भएसँगै जुत्ता मेलामा ग्राहकको भिड लाग्न थालेको छ । मेलामा १० कम्पनीले २० वटा स्टल सञ्चालन गरेका छन्। मेलामा शिखर सुज, हाइलाइफ, वान वर्ल्ड सुज, फुटस्टेप सुज, बोस सुज, बेम्बो सुज, एस लेदर लगायत आकर्षक र नयाँ/नयाँ डिजाइनका जुत्ता–चप्पल राखिएको छ।
यहाँ मेला अवलोकन गर्न तथा जुत्ता किन्न आउने बाक्लो भिड र चहलपहल रहेको छ । मेलाले दशैँ आएको झल्को दिइरहेको छ । बेच्नेलाई बेचेर भ्याइनभ्याइ छ भने किन्नेहरु जुत्ता छान्नमा नै व्यस्त देख्न सकिन्छ ।
यहाँ हरेक जुत्ताका वारेन्टी पनि दिइन्छ । यसै मेलाका लागि दशैँ लक्षित गरिएर १५ सयभन्दा धेरै नयाँ डिजाइनका जुत्ता चप्प्लहरू लञ्च गरिएकाे छ । समग्रमा ३००० भन्दा बढी आधुनिक डिजाइनका जुत्ता चप्पलहरू रहेका छन् ।














































प्रतिक्रिया