काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
बिहीबार बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड०)ले नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।




















प्रतिक्रिया