धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सिट पाउने सहमति गरेका छन् ।
बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका नेताले जानएका छन् ।
धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ जसपाले पाउने भएको हो ।
धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया, धनुषा–३ मा एमालेकी जुली महतो र धनुषा–४ मा एमालेका रघुवीर महासेठले पाउनेछन् । त्यसैगरी धनुषा–१ मा जसपाका दीपक कार्कीले टिकट पाउने भएका छन् ।




















प्रतिक्रिया