Logo

खेलकुद

इङ्लिश प्रिमियर लिगमा ५ खेल हुँदै



काठमाडौं । इङ्लिश प्रिमियर लिगमा आज शनिबार ५ खेल हुँदैछन् । भाइटालिटी स्टेडियममा हुने खेलमा एएफसी बोर्नेमाउथ र लेस्टर सिटी भिड्दै छन् । बोर्नेमाउथ तेस्रो जितको खोजीमा रहेको छ भने लेस्टर दोस्रो जित निकाल्न चाहन्छ ।

स्ट्यामफोर्ड ब्रिजमा हुने खेलमा चेल्सी र वोल्भरह्याम्प्टन आमने सामने हुनेछन् । चेल्सी गृह मैदानमा पाँचौँ जित निकाल्न चाहन्छ भने वोल्भरह्याम्प्टन दोस्रो जितको खोजीमा छ ।

इतिहाद स्टेडियममा म्यान्चेष्टर सिटी र साउथह्याम्प्टन प्रतिस्पर्धा गर्दैछन् । सिटी सातौँ जितको खोजीमा छ भने साउथह्याम्पटन तेस्रो जित निकाल्न चाहन्छ । सेन्ट जेम्स् पार्कमा न्यू कासल यूनाइटेड र ब्रेन्टफोर्ड भिड्दै छन् । दुुवै टोली तेस्रो जित निकाल्न चाहन्छन् । यी सबै खेलहरू नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछन् ।

ब्राइटन एण्ड होभ एल्बियनको गृह मैदानमा घरेलु टोली र टोटेनहम हटस्पर प्रतिस्पर्धा गर्दैछन् । टोटेनहम छैटौँ जितको खोजीमा छ भने ब्राइटन पाँचौँ जित निकाल्न चाहन्छ । ब्राइटन र टोटेनहमबीचको प्रतिस्पर्धा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।  

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार ११:५४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।