Logo

खेलकुद

एसि मिलानसँग युभेन्टस पराजित



काठमाडौं । इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २-० अन्तरले पराजित गरेको छ ।

एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले एक-एक गोल गरे । बलियो युभेन्टसबिरुद्द मिलानले दुबै हाफमा एक एक गोल गरेको थियो ।

जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नापोली समान अंकसाथ शीर्ष स्थानमा छ। युभेन्टस ९ खेलबाट १३ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार ०८:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।