चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले गरिसकेकाे छ । लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् ।
रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए ।




















प्रतिक्रिया