काठमाडौं । नेकपा माओवादी केन्द्रले उपमहासचिव नेता हरिबोल गजुरेललाई आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबनाउने भएको छ । सिन्धुलीबाट २०६४ देखि लगातार चुनाव जित्दै आएका नेता गजुरेल यस पटक भने चुनाव नलड्ने भएका हुन् ।
माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए ।




















प्रतिक्रिया