Logo

प्रमुख समाचार

ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी



मकवानपुर । नेकपा एमाले मकवानपुरमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो ।

तर, आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुर एमालेमा भाँडभैलो सुरु भएको हो ।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १३:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।