मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने चुनावको लागि मनोनयन दर्ता गराएकी छन् ।
आइतवार बिहान ११ बजेर २७ मिनेटमा नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । नेतृ थापाको प्रस्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताइन् । उनले मोरङ क्षेत्र नम्बर ३ ले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रुपमा युवाशक्ति बनेर आफू निर्वाचनका लागि तयार भएको बताइन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको भन्दै मात्र निर्वाचनको प्रतिक्षामा आफू रहेको बताइन् । उनीसँगै प्रदेश सभा सदस्य ३ (क) मा तीर्थ गुरुङ र ३ (ख) मा रमेश रिजालले सामूहिक रुपमा मनोनयन दर्ता गराए ।




















प्रतिक्रिया