Logo

प्रमुख समाचार

प्रभु साहद्वारा एमालेको टिकट अस्वीकार, दिए स्वतन्त्र उम्मेदवारी



रौतहट । नेकपा एमालेका नेता प्रभु साहले पार्टीले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादीका पूर्व नेता साहको समूहले जसपाले पाएको सबै क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारी दिएको छ । एमालेले एक्लै देश बनाउँछ, भागवन्डाको राजनीति गर्दैन भनेर पार्टीमा लागेको, तर नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको उनको दाबी छ ।

‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो । एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेँ’, नेत साहले भने ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १८:३८   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।