Logo

प्रमुख समाचार

कांग्रेस र माओवादी कार्यकर्तासँगै निर्वाचन कार्यालय पुगेर घनश्याम भूसालले दिए उम्मेदवारी



बुटवल । नेकपा एमाले परित्याग गरेका गरेका नेता घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता भूसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ । भूसालले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताएका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हुनेछ ।रुपन्देही १ को टिकट खासिएप

छि नेता भूसालले शनिबार साँझ एमाले त्यागेको घोषणा गरेका थिए । उनले पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको बताएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १८:५०   :  बजे

786
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।