Logo

प्रमुख समाचार

बर्दिया– २ मा वारेसमार्फत रेशम चौधरीकाे उम्मेदवारी दर्ता



बर्दिया । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो । २०७४ को निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।

तर उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १८:५८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।