Logo

प्रमुख समाचार

प्युठानमा एमालेका सूर्य थापा र गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेल भिड्ने



काठमाडौं । नेकपा एमाले नेता सूर्य थापाले प्युठानबाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । एमाले पोलिटब्युरो सदस्य समेत रहेका थापालाई पार्टीले प्युठानबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि उम्मेदवारी दिएकी छन् । अब एमालेका थापा र जनमोर्चाकी पौडेलबीच प्युठानमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १९:१६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।