Logo

राजनीति

रुपन्देही– ५ मा एमालेका दुई जनाको उम्मेदवारी, आफू आधिकारिक भएको दुवैको दाबी

भुलबस घिमिरेको नाम पठाइएको भन्दै भट्टराईको नाममा सच्याएर पुनः पत्र पठाइयो



काठमाडौं । रुपेन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका दुई जनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार उम्मेदवार बनाइने घोषणा गरिएका तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख वासुदेव घिमिरे र राष्ट्रिय सभाबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले उमेदवारी दिएका छन् ।

दुवै उमेदवारले एमालेको आफू आधिकारिक उमेदवार भएको दाबीसमेत गरेका छन् । दिउँसो ११ बजेतिर पार्टी नेतृत्वले उम्मेदवारी रोक्न निर्देशन दिएपनि घिमिरे निर्वाचन आयोगको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराए । उनले आफू उम्मेदवारी दर्ता गराउँदा कुनैपनि व्यक्ति ‘सूर्य चिह्न’ लिएर नगएकाले आफू एकलौटी एमालेको उम्मेदवार भएको बताएका छन् ।

खिमलाल भट्टराईले पनि एमाले अधिकारिक उम्मेदवार आफू रहेको भन्दै घिमिरेको मनोनयन एमालेको आग्रहमा निर्वाचन अधिकृतले रद्द गरेको र आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

यता, केन्द्रले भुलबस घिमिरेकाे नाममा औपचारिक पत्र पठाइएकाे भन्दै भट्टराईकाे नाममा सच्याएर पुन: पत्र पठाएकाे छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १९:३३   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।