काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । ललितपुरस्थित किस्ट मेडिकल कलेजमा आज पुगेर मन्त्री भुसालले अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यसँग जोशीको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी हुन् ।
सो क्रममा मन्त्री भुसालले उनको स्वास्थ्यलाभको कामना गरेका थिए । अस्पतालका निर्देशक बज्राचार्यले उनको उपचार निःशुल्क रुपमा गरिएको जानकारी गराएकाे थियाे । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि जोशीलाई अस्पताल भर्ना गरिएको थियो ।
रगत परीक्षणका क्रममा उनमा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । जोशीको स्वास्थ्यमा केही सुधार देखिएपनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ । रासस




















प्रतिक्रिया