Logo

मनोरञ्जन

८० औं जन्मदिन मनाउँदै अमिताभ बच्चन



काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनले आज आफ्नो  ८० औं जन्मदिन मनाउँदै छन् ।  उनको जन्म सन् १९४२, ११ अक्टुवरमा भएको थियो  ।  

विश्व युद्ध चलिरहेको अवस्था र ‘भारत छोडो आन्दोलन’  चर्किरहेको समयमा उनको जन्म भएको भन्दै  भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् । उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् । 

जिन्दगीको ८ औं दशकमा पनि अमिताभ सक्रिय र स्वस्थ देखिन्छन् । ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष त अमिताभले योगदान गरेका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।