काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार भएको छ । उनलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्कसकका अनुसार अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागिएको र आवश्यक परे शीतलनिवासमै गएर थप परीक्षण र उपचार गरिने छ ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २३ असोजमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।




















प्रतिक्रिया