Logo

प्रमुख समाचार

राष्ट्रपति भण्डारीकाे स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिने



काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार भएको छ । उनलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्कसकका अनुसार अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागिएको र आवश्यक परे शीतलनिवासमै गएर थप परीक्षण र उपचार गरिने छ ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २३ असोजमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ११:०३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।