काठमाडौं । जसपाका मन्त्री हटाउन र बागी उम्मेदवारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ । सत्तामा बसेर विपक्षीसँग चुनावी तालमेल गरेपछि जसपाको कार्यशैलीलाई लिएर गठबन्धनभित्रै प्रश्न उठ्न पुगेको छ । यस्तै सहमति विपरित सत्ता गठबन्धन भित्रैबाट कतिपय स्थानमा बागी उम्मेदवारीहरु परेकाले त्यसबारे समेत गठबन्धनले छलफल गरेर उम्मेदवारी फिर्ता गर्न लगाउने भएको छ ।




















प्रतिक्रिया