Logo

समाचार

२४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २२२ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५७९ पीसीआर परीक्षण गर्दा ३५ जना र एक हजार ६४३ एन्टीजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २९ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा ५७५ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।