Logo

प्रमुख समाचार

बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सघाउन कैलाली कांग्रेसकाे अपिल



काठमाडौं । कैलाली कांग्रेसले बागी तथा स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गरी गठबन्धन दलका आधिकारिक उम्मेदवारहरुलाई सहयोग गर्न अपिल गरेको छ । कैलाली सभापति नारायण दत्त भट्टले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै यस्ता आग्रह गरेका हुन् । निर्वाचन आयोगले मनोनयनपत्र दर्ताका लागि आइतबार दिएको समयमा जिल्लाका नेताहरुले गठबन्धनका आधिकारी उम्मेदावरविरुद्ध बागी उम्मेदवारी दर्ता गरेपछि उनीहरुलाई फिर्ता हुन आग्रह गरिएको हो ।

‘२०७९ मंसिर ४ गते हुन गइरहेको प्रदेश/प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस तथा गठबन्धन दलका आधिकारिक उम्मेदावरको विरुद्ध बागी/स्वतन्त्र उम्मेदावरी दिनुभएका नेपाली कांग्रेस सम्बद्ध उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेस एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारुहका पक्षमा लागेर सहयषेग गर्न हुन नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलाली हार्दिक अपिल गर्दछ’, सभापति भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १६:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।