Logo

राजनीति

रेशम चौधरीको उम्मेदवारी खारेज



काठमाडाैं । टीकापुरको हिंसात्मक घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्इ निर्वाचनका लागि उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।

निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भई २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको हो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली–१ बाट निर्वाचित भएका थिए ।चौधरीको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार २१:२२   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।