Logo

राजनीति

आज उम्मेदवारी फिर्ता लिने र उम्मेदवारले चुनाव चिह्न पाउने



काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज मनोनयन फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयाेगका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनका लागि मनाेनयन दर्ता गरेका उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिन समय दिइएकाे छ ।

यस्तै, आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ०६:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।