कपलवस्तु । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपलवस्तुमा सुरु भएको छ । पार्टीका महासचिव विप्लवको घर रहेको शिवगढीस्थित केन्द्रीय कार्यालयमा महाधिवेशन आजदेखि सुरु भएको हो ।
महाधिवेशनमा जिल्ला, प्रवासलगायतबाट आएका प्रतिनिधिहरू सहभागी रहेका छन् । सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यस्तै संशोधित विधान पनि महाधिवेशनमा पेस हुने बताइएको छ । प्रतिवेदन र विधान पारित गर्दै नयाँ नेतृत्व चयन गरेर महाधिवेशन सकिने उक्त पार्टीले जानकारी दिएको छ ।




















प्रतिक्रिया