Logo

प्रमुख समाचार

प्रचण्डका सोच घटिया, ईश्वर पोखरेलको नयाँ खुलासा



चितवन ३ बाट भागेर प्रतिनिधीसभाको निर्वाचन लड्न गोरखा २ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कस्तो समेत सोच राख्न सक्छन् भन्ने कुरा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुलासा गरेका छन् ।

अघिल्लो पटकको निर्वाचनमा बाम एकता गर्दै एमाले र माओवादी पार्टीनै एकता गर्न प्रचण्ड किन तयार भएका थिए र अन्तिममा किन भागेर हिँडे भन्ने बारेमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले खुलासा गरेका हुन् ।

प्रचण्ड अपाराधिक सोचले एमालेसँग एकता गर्न आएको दाबी पोखरेलले गरेका छन् । माओवादीको विचार समाप्त भए पछि एमालेका इमान्दार र अनुशासित कार्यकर्ताहरुको ढाडमा टेकेर हस्तिनापुर कब्जा गर्ने उदेश्यले प्रचण्ड एमालेसँग एकता गर्न आएको दाबी उनले गरेका छन् । कब्जा गर्न मात्रै जानेका प्रचण्ड जसरी पनि एमालेलाई कब्जा गरेर रजाइ गर्ने दाउमा भएको पोखरेललको दाबी छ ।

पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्यले मात्रै पार्टी एकता गरेको आरोप लगाएका छन् ।काठमाडौंमा आयोजित निर्वाचन परिचालन घोषणा कमिटीलाई सम्बोधन गर्दै उनले प्रचण्डको विचार र संगठन सकिएपछि एमाले कब्जा गर्ने रणनीति बनाएको आरोप लगाएका हुन् ।

‘प्रचण्डको विचार र संगठन सकिएको थियो । एमालेका राम्रा कार्यकर्ता र संगठनमाथि कब्जा गरेर हस्तिनापुर कब्जा गर्ने सोचेका थिए । उनले एकता गर्दा पार्टी एक बनाए देश बनाउने होइन । पार्टी कब्जा गर्ने योजना बनाएका थिए’, उनले भने, ‘केपी ओली मरिहाल्छन् त्यसपछि एमाले कब्जा गर्न सकिन्छ । उनको यही अपराधिक सोच थियो । त्यही योजनका साथ एकतामा सामेल भए ।’

आफूहरुले देश बनाउने अभियानस्वरुप पार्टी एकता गरेको स्मरण गरे । आफ्नो योजना असफल भएपछि पार्टी फुटाएर गएको आरोप लगाए ।उनले सत्ता गठबन्धनको उद्देश्य एमाले सिध्याउने मात्रै भएकाले आफूहरुलाई जिताउन आह्वान गरे । देशको आर्थिक विकासलेले मात्रै गर्न सक्ने दाबी गरे ।

उनले नेता कार्यकर्तालाई चुनावी अभियानमा होमिन निर्देशन समेत दिए । ५५५ जनाको निर्वाचन परिचालन कमिटी मतपरिणाम सार्वजनिक नभएसम्म निरन्तर रहने उनको भनाइ छ ।

कार्यक्रममा चुनाव पछि एमालेको नेतृत्वमा फेरी पनि सरकार बन्ने दाबी पनि पोखरेलले गरेका छन् । एमालेको विजयी यात्रालाई रोक्न सक्ने तागत कसैको नभएको भन्दै उनले मंसिर ४ गते पछि एमालेको सरकार बन्ने दाबी गरे ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १०:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।