Logo

प्रमुख समाचार

मनाङकाे प्रदेशसभा ‘ख’ सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित !



पोखरा । मनाङ प्रदेशसभा ‘ख’ को सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यहाँ दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा उम्मेदवारी फिर्ता लिने भएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

स्वतन्त्र उम्मेदवार लामाले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने बताइएको छ ।

मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए । उनी गण्डकीमा खेलकुदमन्त्री समेत भएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १२:०६   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।