Logo

प्रमुख समाचार

रेशम चौधरीको उम्मेदवारी खारेज भएकाे बर्दिया–२ मा उनका बुवा चुनाव लड्ने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको स्थानमाा उनका बुवा लालवीर चौधरीले चुनाव लड्ने भएका छन् । निर्वाचन आयोगले मंगलबार रेशमको उम्मेदवारी खारेज गरेको बर्दिया २ मा उनको बुवा लालवीर उम्मेदवार बनेका हुन् ।

रेशमको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीरले स्वतन्त्र रुपमा बर्दिया २ मा उम्मेदवारी दर्ता गराएका थिए । अब नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई नै समर्थन गर्ने पार्टी अध्यक्षसमेत रेहकी रेशमकी श्रीमती रञ्जीता श्रेष्ठ चाैधरीले जानकारी दिइन् ।

टीकापुरको हिंसात्मक घटनामा दोषी ठहर भई कैद सजाय काटिरहेका रेशम र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरिदिएको छ । रेशमले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १२:००   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।