काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनसँगको षड्यन्त्रपूर्ण साँठगाँठमा प्रभु साहले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिएका टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत उनले त्यसलाई अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा दिएका छन् ।
‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनुभो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो’, महासचिव पोखरेलले भनेका छन्, ‘तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो ।’
रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका दाबी गर्दै उनले मधेशमा एमाले र जसपाबीचको सहकार्य र तालमेललाई सफल बनाउन अपिल गरेका छन् । ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् । मधेस प्रदेशमा नेकपा९एमाले० र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ’, पोखरेलले भनेका छन् ।
जसपासँगको तालमेलपछि एमाले छाडेर साहले आफूसहित मधेसमा ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।




















प्रतिक्रिया