Logo

प्रमुख समाचार

धादिङ–२ बाट कांग्रेसका बागी धमलाले लिए उम्मेदवारी फिर्ता



धादिङ । धादिङ कांग्रेसका पूर्वजिल्ला सभापति रमेश धमलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । धमलाले धादिङ क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।

सो क्षेत्रमा वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीलाई कांग्रेसले उम्मेदवार बनाएको थियो । अधिकारीलाई उम्मेदवार बनाएपछि धमलाले सोही क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए ।

तर पार्टीले उम्मेदवारी फिर्ता लिन गरेको आह्वानलाई स्वीकार्दै धमलाले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । उनले मुलुकको संविधान र वर्तमान शासन व्यवस्थामाथि नै कालो बादल मडारिरहेको अवस्थामा आफूमाथि भएको अन्यायलाई गौण मान्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

धमलाले कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । धादिङको यो क्षेत्रमा अधिकारीसहित धमला र दिलमान पाख्रिनले उम्मेदवारी दाबी गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १३:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।