डडेलधुरा । डडेलधुरामा प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन् । यससँगै एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय गरेकाे छ ।
यसैगरी, कांग्रेसका बागी उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीबाट भर्खरै एमालेमा फर्केर स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीको उम्मेदवरी भने कायम छ ।
प्रदेशसभा–१ मा कांग्रेस बीपीका गणेशप्रसाद जोशी र प्रदेशसभा–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उमेदवारी फिर्ता लिएका छन् । एमालेलाई सघाउन जोशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार प्रतिनिधि सभातर्फ कायम रहेका छन् । देउवासँगै नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन् ।




















प्रतिक्रिया