काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन्, जो यस क्षेत्रका चिरपरिचित उम्मेदवार हुन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए । पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी महतले १३ हजार १६९ मत ल्याएका थिए । विवेकशील साझा पार्टीका उम्मेदवार उज्जल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए । २०७४ को चुनावमा १० हजार मतान्तरले बाजी मारेका पोखरेललाई यस पटक भने त्यत्ति सहज छैन । किनभने त्यतिबेला पोखरेललाई भोट हाल्ने नेकपा माओवादी केन्द्र अहिले विपक्षमा छ । यद्यपि काठमाडौं–५ मा माओवादी केन्द्रको प्रभावमा भने सामान्य छ ।
यसैगरी एमाले फुटेको मात्र छैन, विभाजनपछि बनेको एकीकृत समाजवादीसमेत विपक्षी गठबन्धनमा छ । माओवादी र एकीकृत समाजवादीमात्र भनई राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी पनि कांग्रेसको साथमा छ । यसर्थमा पोखरेल भन्दा कांग्रेसका पौडेल बलिया देखिन्छन् ।
अर्को तर्फ जनताको चाहना युवा नेतृत्व हो भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको छ । पाका नेताहरुलाई जिताउन नहुने पक्षमा एउटा अभियान नै पनि चलिरहेको छ । जसकारण ६८ वर्षीय पोखरेलको भन्दा ४७ वर्षीय पौडेलले संभावना प्रवल रहेको देखिन्छ ।
२०६४ र २०७० मा कांग्रेसकै नरहरि आचार्यले पराजित गरेका पोखरेललाई यसपटक युवा नेता पौडेलले पाखा लगाउने धेरैको विश्लेषण छ । पहिलो पटक चुनावी मैदानमा उत्रिएका युवा नेता पौडेल पहिलै पटक बाजी मार्न लागिपरेका छन् ।
एकातिर स्वतन्त्रको लहर, अर्कोतिर एमालेमा भएको ठूलो विभाजन, त्यसमाथि पाँच दलीय गठबन्धन एक ढिक्का हुनुले पोखरेल चिप्लिन सक्ने विश्लेषकहरु विश्लेषण छ । यही क्षेत्रमा विवेकशील साझाकी पूर्व नेतृ रञ्जु दर्शना, आफूलाई सामाजिक अभियन्ता बताउने हेमराज थापालगायतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।




















प्रतिक्रिया