काठमाडौं । रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन् । नेकपा एमालेले टिकट दिए पनि उनले जनता समाजवादी पार्टी जसपासँगको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई चापाकल चिन्ह दिएको हो ।
रौतहट–३ मा साहले एमालेको टिकट पाएका थिए । अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन । गत निर्वाचनमा उनी माओवादी केन्द्रबाट यही क्षेत्रमा निर्वाचित भएका थिए ।




















प्रतिक्रिया