काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निस्कासन गरेको छ । गठबन्धनका आधिकारिक उम्मेदवारविरविद्ध बागी दिएकाहरुलाई मंगलबार कांग्रेसले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । त्यसका अबज्ञा गरी उम्मेदवारी फिर्ता नलिनेहरुलाई ५ वर्षका लागि पार्टीबाट निस्कासन गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी उनीहरुलाई निस्कासन गरिएका जानकारी दिएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।
तर चितवन–३, चितवन–१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि उनीहरुले कांग्रेसले कारबाही गरेको हो ।





















प्रतिक्रिया