Logo

प्रमुख समाचार

चितवन–३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका कोइरालालाई माछा चुनाव चिह्न



चितवन । चितवन–३ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा उनलाई माछा दिएको हो ।

सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेकपा एमालेले भने कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।

यसै क्षेत्रबाट कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन् । यसअघि उनले भरतपुर महानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १९:२४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।