Logo

प्रमुख समाचार

मनोनयन दर्ताका क्रममा बाजागाजाको प्रयोग गरेको भन्दै प्रचण्डलाई साेधियाे स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा बाजागाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

प्रचण्डलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । ‘यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा एकको खण्ड ण को व्यवस्थाको उल्लघनमा किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टिकरण गर्नहुन निर्णयानुसार अनुरोध गरिन्छ’, आयोगले लेखेको पत्रमा भनिएको छ ।

गत ३० वैशामा भएको निर्वाचन अघि पनि आचारसंहिता विपरीतको कार्य गरेको भन्दै प्रचण्डलाई आयोगले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार २१:०१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।