काठमाडौं । निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ ।
प्रतिनिधि सभा सदस्यका लागि दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसैगरी प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना रहेका छन् ।
आयोगले असोज २६ गते उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ ।
आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदै छ ।




















प्रतिक्रिया