काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमाले नछाड्ने बताएका छन् । उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।
बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नेता रावलले अछाम–१ मा आफूलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिइएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
रावलले पार्टीले सुनियाेजित रूपमा आफूलाई उम्मेदवार बन्न नदिएकाे आराेप लगाए । आफूलाई टिकट नदिएकाे कुरा जनता र कार्यकर्तालाई मन नपरेकाे नेता रावलकाे भनाइ छ ।
रावल अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका थिए ।




















प्रतिक्रिया