काठमाडौं । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुलाई आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सहयोग गर्न आग्रह गरेका छ । जनमोर्चाका अध्यक्ष चित्रबाहदुर केसीले गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएकोले त्यसविरुद्ध गठबन्धन बनेको र प्रतिगमनलाई परास्त गर्ने महत्वपूर्ण कडी मंसिर ४ भएको भन्दै आधिकारी उम्मेदवारलाई सघाउन आग्रह गरेका छन ।
‘२०६२–६३ सालको संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो स्थितिमा देश प्रतिगमनतिर जाने, राजतन्त्र वा कुनै प्रकारको अधिनायकवादी व्यवस्था आउने खतरा छ’, जनमोर्चाले विज्ञप्तिमा भनेको छ, ‘त्यस प्रकारको पृष्ठभूमिमा नै प्रतिगमन विरोधी ५ दलीय गठबन्धनको निर्माण भएको हो । प्रतिगमनको खतरा अहिले पनि विद्यमान भएकाले त्यसका विरुद्ध गठबन्धनलाई बलियो र सशक्त बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्त्वपूर्ण कडी हुनेछ ।’
केसीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपिल गरेका छन् ।




















प्रतिक्रिया