Logo

प्रमुख समाचार

प्रभु साह एमालेबाट निष्कासित, रेग्मीलाई मधेश सहइञ्चार्जकाे जिम्मेवारी



काठमाडौं । नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग गरेको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई एमालेले कारबाही गरेको छ । स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइञ्चार्जसमेत रहेका साहलाई एमालेले शुक्रबार पार्टीबाट निष्कासन गरेको हो ।

प्रभु साहसँगै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीविरोधी क्रियाकलापमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएका छन् । साथै एमलेले उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी तोकेका छन् । महासचिव शंकर पोखरेलले अर्को व्यवस्था नभएसम्मका लागि रेग्मीलाई रौतहट जिल्लाको इन्चार्ज तोकिएको जनाएका छन् ।

साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेसँग तालमेल गर्दा जसपाको भागमा परेका क्षेत्रमा पनि आफ्नो समूहलाई अघि सारेका छन् । नेता साहले आफूले दिएको स्वतन्त्र उम्मेदवारी एमालेकै हितम रहेको जिकिर गर्दै आएको छ ।

तर एमालेबाट ‘विद्रोह’ गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । त्यहाँ प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेलको उम्मेदवारी निष्क्रिय पारिने जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १६:४४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।