Logo

राजनीति

कांग्रेसले एकसाता भित्रमा घोषणापत्र सार्वजनिक गर्ने, आर्थिक सुशासन र उद्यमशिलतामा जोड



काठमाडौं । नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्र एकसाता भित्र सार्वजनिक गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले दिएको सुझावलाई समेटेर आगामी एक साताभित्र सार्वजनिक गरिने लेखन समितिका प्रवक्तासमेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

घोषणापत्रमा आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिइएको जनाइएको छ । शुक्रबारको बैठकमा लेखन समितिका संयोजक शर्माले घोषणापत्रबारे संक्षिप्त जानकारी गराएका थिए भने सदस्इ डा. स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा विभाजित रहेको भन्दै स्थानीय चुनावको घोषणापत्रको निरन्तरताका रुपमा आउने बताए ।

यसैगरी बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे सभापति शेरबहादुर देवासहितका नेताहरुले विभिन्न सुझाव दिएका छन् । तीनै सुझावहरुलाई पनि समेटेर आगामी साताभित्र घाषणापत्र सार्वजनिक गरिएने प्रवक्ता परियाले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १७:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।