मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाकी उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाले एकपटक सेवा गर्ने मौका पाए सधैँलाई गौरव गर्नलायक जनप्रतिनि बनेर देखाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरु पुरा गर्ने बताइन् ।
रेखाले आफू कुरा भन्दापनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् । यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् ।
रेखाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्वासी समस्या लगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताएकी छन् । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौं तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘ यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ।’




















प्रतिक्रिया