Logo

प्रमुख समाचार

पेरिसडाँडा र खुमलटारमा टिकट नपाएका हरिबोलको असहमति पत्र



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न टिकट नपाएका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाएका बताइएको छ ।

पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् । दुई पटक सिन्धुलीबाट चुनाव जितेका गजुरेल यसपटक पनि सिन्धुली–२ बाट चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रले जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार २१:३७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।