Logo

कर्पोरेट फोकस

सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्पत्ति सुद्धिकरणको घेराबन्दीमा [भाग-३]



अकुत सम्पत्ति अपत्यारीलो तरीकाबाट देखिएपछि सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्पत्ति सुद्धिकरणको घेराबन्दीमा परेको छ । चन्द्र टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक हुन् । सिटी एक्सप्रेस ग्रुपबाट अरु क्षेत्रमा समेत लगानी गरीरहेका छन् । उनको सम्पत्ति अत्याधिक छोटो समयमा अत्याधिक बढी देखिएपछि उनलाई सम्पत्ति सुद्धिकरणले यस अघिनै छानविनमा तानीसकेको थियो ।

हाल सम्पत्ति सुद्धिकरणमा उनको फाईल अध्ययन भइरहेको जनाइएको छ । सम्पत्ति सुद्धिकरणमा मुछिएपछि उनी पछिल्लो समय नेपालमा भन्दा बढी विदेशमा बस्दै आएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर खुलेको मात्रै १६ वर्ष भएको छ । उनले पहिला आईएमई मनि ट्रान्सफरमा काम गरेका थिए ।

त्यहाँ राम्रो काम गर्न नसकेपछि उनलाई आइएमईले हटाउन पुग्यो । त्यहाँबाट हरटेपछि भने उनले आइएमईलाई नै काउन्टर दिने भन्दै सिटी एक्सप्रेस मनी ट्रान्सफर सुरु गरेका हुन् । हुण्डी काममा अव्यस्त उनले त्यहाँबाट आउको रकमलार्इ सिटी एक्सप्रेस ग्रुपबाट विभिन्न क्षेत्रका झन्डै एक दर्जन कम्पनीमा लगानी गरेका छन् ।

लगानीमा आम्दानीको स्रोत खुलाउन सिटी एक्सप्रेस मनी ट्रान्सफर देखाउने गरिएको छ । स्रोतका अनुसार त्यसका लागि उनले ३ जना फरक फरक अडिटरलाई प्रयोग गर्दै आएका छन् ।

किन फस्दैछ सिटि एक्सप्रेस हुण्डी कारोबारमा ?

उक्त कम्पनीले रेमिट्यान्स कम्पनीबाटै राम्रो आम्दानी गर्दा गर्दै धेरै पैसा कमाउने लोभमा करिव ६ बर्षदेखि हुण्डी कारोबार थालेको रहस्य खुलेको छ । कोभिडको समय केही देशको भ्रमण गरेपछि उनले यो गतिलाई तिब्र रुपमा विस्तार गरेका हुन् । कोभिडको समयमा मात्रै उनले १० अर्बमाथिको कारोबार हुण्डीबाट गरेको पाइएको छ । हुण्डी कारोबारबाट आउने नाफा राम्रो भएपछि बाहिर आधिकारीक कम्पनी देखाएर भित्रि रुपमा हुण्डी कारोबार गरिँदै आएको छ ।

कमिशन बढी दिने भन्दै देशभित्रका आफ्ना एजेन्टसँग विदेशका एजेन्टलाई कोडिनेशन गराएर उक्त कम्पनी हुण्डी कारोबारमा अघि सरेको छ । पछिल्लो समय आइएमई, इसेवा, फोनपे, खल्ती तथा मोवाइल डिजिटल सिष्टमको विकास भएपछि क्यास कारोबार गर्ने उनको कम्पनी समस्या उन्मुख हुने देखियो ।

तथापी देखाउनका लागि भने डिजिटल कम्पनीहरुसँग उक्त कम्पनीले संझौता पनि गरेको छ । तर अन्य कम्पनीसँग कारोबार गर्दा ती कम्पनीलाई पनि कमिशन दिनुपर्ने भएपछि हुण्डीबाट नाफा आउने चन्द्र टण्डनले मेसो पाए । क्यास मै कारोबार गर्न रमाउने र डिजिटल कारोबार गर्दा अरु कम्पनी हाबी हुने भएपछि भित्रि रुपमा आफ्ना एजेन्टलाई कमिशन धेरै दिनेगरी चन्द्र टण्डनले हुण्डी कारोबारमा एजेन्टलाई अघि सार्दै आएका छन् ।

उनका केही एजेन्टहरु पक्राउ परिसकेका छन् । तर पक्राउ परेका एजेन्टलाई मोटो रकम दिएर आफ्नो कम्पनीको बदनाम हुनबाट उनले जोगाउने गरेका छन् ।

को हुन् टण्डन ?

उनको जन्म गुल्मी चारपालामा भएको हो । उनका बुबा रोजगारीको शिलशिलामा भारतमा काम गर्दथे । सिटी एक्सप्रेस मनी ट्रान्सफर दर्ता गर्नु अघि नै उनले आइएमई छोडेपछि केही समय व्यक्तिगत तवरबाटै हुण्डीको काम गरे । तर हुण्डी कारोबार गैरकानुनी भएका कारण उनले सिटी एक्सप्रेस मनी ट्रान्सफर’ दर्ता गरे ।

हुण्डीबाट अत्याधिक नाफा कमाएपछि १५ बर्षमै काठमाडोंको मुटु कमलादीमा सिस्टी एक्स्प्रेसको भवन निर्माण भउको छ । यससँगै अहिले सिस्टी एक्स्प्रेस ग्रुपकै नामबाट विभिन्न क्षेत्रमा टण्डनले लगानी गरेका छन् ।

जस अन्तरगत सिटी टेक, इमर्जिङ नेपालको, सिटी एक्स्प्रेस इन्भेष्टमेन्ट, एलएमटी हेल्डिङ, जगदम्बा स्पिनिङ मिल्स, सिटी एक्स्प्रेस ट्रेडिङ कन्सर्न, देखिएका ठुला कम्पनी हुन् । यस बाहेक विभिन्न अरु व्यबसायमा पनि उनको लगानी रहेको पाइएको छ । यति छिट्टै चमत्कारी रुपमा अरबौं रुपैयाँ आर्जन गर्नु रहस्यमय देखिएको छ । उनको सम्पत्ति अत्याधिक छोटो समयमा अत्याधिक बढी देखिएपछि उनलाई सम्पत्ति सुद्धिकरणले यस अघिनै छानविनमा तानीसकेको थियो ।

हाल सम्पत्ति सुद्धिकरणमा उनको फाईल अध्ययन भइरहेको जनाइएको छ । सम्पत्ति सुद्धिकरणमा मुछिएपछि उनी पछिल्लो समय नेपालमा भन्दा बढी विदेशमा बस्दै आएका छन् ।

पढ्न छुटाउनु भयो कि ?

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १३:२४   :  बजे

18.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।