चितवन ३ बाट चुनाव लड्छु भनेर बसेका प्रचण्ड अन्तिम समयमा गोरखा २ मा पुगेर उमेदवार बनेका छन् । गोरखामा चुनावी अभियान सुरु गरेका प्रचण्डले रोएर भोट माग्न सुरु गरेका छन् ।
नेता नभएको भए कलाकार हुने थिए भन्ने गरेका प्रचण्डले बोल्दा बोल्दै गला अवरुद्ध भएको थियो । गोरखामा आयोजित अगुवा कार्यकर्ता भेलामा आफू किन चितवन छोडेर गोरखा आएँ भन्ने कुराको प्रष्टोक्ति दिदा प्रचण्डले भक्कानिएर रोएका छन् ।
चितवन ३ छाडेर गोरखा आउनुर्ने कारणबारे व्याख्या गर्दा गर्दै उनी घुँक्कघुँक्क गर्न थाले । चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आएपछि माओत्सतुङ विरक्तिएर एकपटक चिनकाङसाङ फर्किएको घटना सुनाउँदै उनी कार्यकर्तामाझ घुँक्कघुँक्क गरे ।
उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न, नयाँ आन्दोलनको तागत लिन चिनकाङसाङ पुगेको पनि उनले सुनाए ।
‘अहिले म पनि अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ,’ उनले भने, ‘ऊर्जा बटुल्न यहाँ आएको हुँ ।’ दाहालले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर लुकाउन नसकिने बताए । उनले नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखामा चुनाव लड्न लागेको पनि तर्क गरे ।
गोरखामा कार्यकर्तामाझ उनले आफ्नो युवाउमेर बितेको, जनयुद्धको थालेको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वार्टर भएको रखालाई चिनकाङसाङको संज्ञा दिए ।
उम्मेदवारी मनोनयनपछि चुनावी प्रचारचका लागि पहिलो पटक पुगेका उनी यति व्याख्या गरेर धेरैपटक रूँदै कार्यकर्ता फकाउने कोसिस गरे । अबको आन्दोलन शान्तिपूर्ण हुने उनको तर्क थियो । संसदवादी दलमा माओवादी मात्रै भ्रष्टाचारमुक्त रहेको उनले दाबी गरे ।
दाहालले माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारमुक्त नभएको बताउँदै आफू भने त्यसबाट परै रहेको तर्क गरे । आफू बाहेक सबै भ्रष्टाचारी हुन् जसरी उनले व्याख्या गरेका छन् ।
गोरखा २मा प्रचण्डलाई छोडेका डा. बावुराम भट्टराईले केहि समय अघि मात्रै प्रचण्ड जत्तिको भ्रष्ट मान्छे संसारमै अर्को नभएको भनेका थिए । अहिले उनै बावुराम प्रचण्ड जत्तिको इमान्दार मान्छे कोही नभएको भन्न थालेका छन् । प्रचण्डलाई गोरखा छोडे बापत बावुरामले छोरीलाई काठमाडौं ७ बाट प्रतिनिधीसभा सदस्य उमेदवार बनाएका छन् ।




















प्रतिक्रिया