Logo

प्रमुख समाचार

संविधानमाथि खतरा रहेसम्म गठबन्धन रहिरहन्छ : प्रचण्ड



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले चुनावको लागि गठबन्धन नगरेको बताएका छन् ।

गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षा गर्न गठबन्धन गरेको बताएका हुन् ।

अहिलेसम्मको उपलब्धिसँग आर्थिक क्रान्ति गर्न नसके केही वर्षमा दुर्घटना पर्ने दाबी गरे । राजनीतिक परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक दायित्व भएको उनको भनाइ छ ।

उनले भने, हामीले मंसिर ४ को निर्वाचनलाई सदुपयोग गर्नुपर्छ। गठबन्धन गर्नका लागि धेरै मेहनत गरेका छौँ । अहिले पनि धेरै मेहनत परेछ । यो निर्वाचनको माध्यमबाट बन्ने सरकार आर्थिक क्रान्तिको नेतृत्व गर्ने भिजनसहितको सरकार बनोस् भन्ने उद्देश्य हो ।’

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १५:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।