काठमाडौं । देशभर थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । १७६३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
७४५ जनाको पिसिआर गर्दा ४५ जना र १०१८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर ६६७ जनामा सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमणबाट निको भएका छन् ।




















प्रतिक्रिया