काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले एभर्टनलाई दुई गोलले हरायो ।
टोटनह्यामको जितमा ह्यारी केन र पिएरे इमिलले एक/एक गोल गरे । खेलको ५९औँ मिनेटमा केनले पेनाल्टीबाट गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औँ मिनेटमा इमिलले गोल गर्दै टोटनह्यामलाई २–० को सहज जित दिलाए ।
जितसँगै टोटनह्याम १० खेलमा २३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । समान खेलमा एभर्टन १० अङ्क जोडेर १४औँ स्थानमा छ ।




















प्रतिक्रिया