Logo

खेलकुद

पुरुष १० हजार मिटर दौडमा दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण



पोखरा । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दाैडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।

उनले सन् २०१४ काे एसियन गेम्समा गाेपीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान ब्रेक गरे । यसअघि कीर्तिमान राखेका गाेपीले रजत जिते । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पूरा गरे । आर्मीका गजेन्द्र राईले निर्धारित दुरी ३० मिनेट ४९.५० सेकेण्डमा पूरा गर्दै कास्य जिते ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार ०९:०६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।